थप ४ सय ६४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२ हजार नाघ्यो

काठमाडौं, २३ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ७ हजार ९ सय २६ नमुना परिक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय २५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १५ हजार ८१४ पुगेको छ।

कुल संक्रमितमध्ये ७० जनाको मृत्यु भएको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here