पूर्वी हिमाली क्षेत्रमा भाेलीसम्म हेलिकप्टर उडाउन राेक

काठमाडाैं, २० बैशाख । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले आज र भोली पूर्वी हिमाली क्षेत्रमा हेलिकप्टर उडाउन रोक लगाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीबाट भारतको उडिसातर्फ प्रवेश गरेको चक्रवात ‘फानी’को प्रभावबाट नेपालको मौसम तीन दिन सम्म बदली हुने पूर्वानुमान गरेपछि केन्द्रले यस्तो सूचना जारी गरेको हो ।

महाशाखाले हिमाली क्षेत्रमा  हिमपात हुने र अन्य क्षेत्रमा मेघगर्जन र हावाहुरी सहित वर्षा हुने बताएकाे छ ।

आपतकालिन कार्य सञ्चालन केन्द्रले सूचना जारी गर्दै भनेको छ, ‘पूर्वी हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने हुँदा सो क्षेत्रमा अहिले देखिनै भोली दिनभरसम्म हेलिकप्टर उडान नगर्नु नगराउनुहुन र पर्यटक एवं यात्रुहरूले सुरक्षित स्थानमा रहनु हुन अनुरोध छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here