मनसुन पुनः सक्रिय, आगामी तीन दिन मुलुकभर वर्षा हुने

काडमाडौं, २४ साउन । नेपालमा मनसुन पुनः सक्रिय भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी दुईदेखि तीन दिन मुलुकभर हल्का वर्षा हुने संभावना छ । तराई क्षेत्रमा आज साँझ देखि नै वर्षा हुने छ ।

आगामी तीन दिन केही स्थानमा भने भारी झरी पर्ने संभावना छ । यस अघि नै भारी वर्षाका कारण विभिन्न विपत्ति आएकाले महाशाखाले सबैलाई सचेत हुन आग्रह गरेको छ ।

अहिले प्रदेश २ र प्रदेश ५ का अधिकांश भागमा बादल लागेको छ भने बाँकी प्रदेशका अधिकांश भागमा वर्षा भइरहेको छ । आज मुलुकका धेरै भागमा चट्याङ र बिजुली सहित पानी पर्ने अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here