नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु

प्रतिकात्मक तस्बिर

काठमाडौं, २५ साउन । पोखरामा कोरोना संक्रमण पुष्टी भएका एक जनाको उपचारका क्रममा ज्यान गएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत पोखरा–१९ लामाचौरका ६२ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको हो । यससँगै अब नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ ।

उनी साउन १७ मा अस्पताल भर्ना भएका थिए ।

डायबिटिज रोगबाट उनी ग्रसित थिए । यसअघि स्याङ्जाका दुई, बागलुङ र गोरखाका एक/एक जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here