सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घट्यो

काठमाडौं, २५ साउन । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार अघिल्लो दिनको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँ घटेको हो ।

नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख दुई हजार ६ सय रुपैयाँ कायम छ । तेजावी सुनको मूल्य एक लाख दुई हजार एक सय निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने आज बढेको छ । चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको १४ सय १० रुपैयाँ पुगेको छ । तर, चाँदीको भाउ भने सामान्य बढेको छ ।

अघिल्लो दिनको तुलनामा चाँदीको भाउ आइतबार ५ रुपैयाँले बढेर कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको भाउ एक हजार चार सय १० रुपैयाँ कायम छ ।

अघिल्लो दिन अर्थात् शुक्रबार भने चाँदीको भाउ १४ सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here