भदौ दोस्रो हप्तादेखि हुने भनिएको त्रिविको सबै परीक्षा स्थगित (सूचनासहित)

काठमाडौं, २६ साउन । त्रिभुवन विश्वाविद्यालयले व्यवस्थापन संकाय तर्फको भदौ दोस्रो हप्तादेखि सञ्चालन गर्ने तयारी गरेको सबै परीक्षा स्थगित गरेको छ ।

सोमबार एक विज्ञप्ती जारी गर्दै त्रिवि अन्तर्गतको व्यवस्थापन संकायले स्नातक र स्नातककोत्तर तहको परीक्षा अर्को सुचना जारी नभएसम्मको लागि स्थगित गरेको जनाएको हो ।

यसअघि त्रिविले भदौ दोश्रो हप्तादेखि सबै स्थगित परीक्षाहरु संचालन गर्ने भन्दै सूचना जारी गरेको थियो ।

विश्वविद्यालयले महामारी बढिरहेको र जिल्ला प्रशासन कार्यलयहरुबाट निषेधाज्ञा समेत जारी भएकोले व्यवस्थापन संकायको परीक्षा स्थगित गरेको विज्ञप्तीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here