सुनको मूल्य लगातार घट्दा चाँदीको मूल्यमा भने नयाँ कीर्तिमान

काठमाडौं, २७ साउन । नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लागेको छ ।

लगातार उकालो लागेर तोलाको एक लाख ३ हजार ५ रुपैयाँसम्म पुगेको सुनको भाउ आइतबारदेखि घट्न थालेको हो ।

मंगलबार पनि उक्त क्रमले निरन्तरता पाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख दुई हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन तोलाको ८ सय रुपैयाँ घटेर मंगलबार एक लाख एक हजार ६ सयमा किनबेच भइरहेको छ ।

छापावाल सुन सस्तो बन्दा तेजाबी सुनको मूल्य पनि ८ सय रुपैयाँले नै घटेर तोलाको एक लाख एक हजार एक सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्यले भने मंगलबार पुन: कीर्तिमान कायम गरेको छ । चाँदी आज तोलामा ४० रुपैयाँ बढेर तोलाको १४ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । यो नै अहिलेसम्मकै महँगो भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here