नविल बैंकको नाफा ३ अर्ब ५६ करोड

काठमाडौं, २९ साउन । नविल बैंकले आर्थिक वर्ष २०७६/७७ को अन्तिम त्राइमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले गएको वर्ष ३ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ४ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएको बैंकले गत आवमा अघिल्लो वर्षको तुलनामा १५.८३ प्रतिशत कम नाफा गरेकाे हाे ।

खराब कर्जा तथा अन्य नोक्सानीको जोखिम न्यूनीकरणका लागि अघिल्ला वर्षको तुलनामा धेरै रकम खर्च गर्नुपरेका कारण नाफामा असर परेको बैंकल जनाएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो नियमका कारण यस्तो रकम बढाउनुपरेको हो।

यस्तै, बैंककाे खुद ब्याज आम्दानी ७ अर्ब २ करोड रूपैयाँ रहेकाे छ । गत आर्थिक वर्षमा बैंकको खराब कर्जा अनुपात ०.९७ प्रतिशत रहेको छ ।

यस्तै, बैंकले कष्ट अफ फण्ड ५.४९ प्रतिशत, सीसीडी रेसीयो ६८.०८ प्रतिशत, स्प्रेड रेट ३.७३ प्रतिशत, बेसरेट ७.३२ प्रतिशत कायम गरेको छ ।

३७.२४ रुपैयाँ प्रति सेयर आम्दानी रहेको बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैयाँ रहेकाे छ । बैंकले गएको वर्ष कूल १ खर्ब ९० अर्ब निक्षेप संकल गरेर १ खर्ब ४८ अर्ब ऋण परिचालन गरेको छ।

१० अर्ब ९ करोड चुक्ता पुँजी भएको बैंकसँग १५ अ्ब ७० करोड जगेडा रहेको छ। ०.९७ प्रतिशत खराब कर्जा पुगेको बैंकको प्रतिशेयर आम्दानी ३५.३२ रुपैयाँ रहेको छ।

सम्बन्धित समाचारः

विश्व कीर्तिमानी आरोही निर्मल पुर्जालाई ‘नविल हिरो’ उपाधि

साताका १० कम्पनी, जसको भयो धेरै कारोबार

नबिल सजिलो एक्सप्रेस कर्जा, निवेदन दिएको ३५ घण्टा भित्र ७५ लाखसम्म ऋण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here