नेप्से परिसूचक १६.५३ अंकले घट्यो, १ अर्ब ४ करोडको कारोबार

काठमाडौं, २९ साउन । साताको कारोबार हुने अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।
बुधबार झिनो अंकले बढेर बन्द भएको आज नेप्से १६.५३ अंकले घटेर १४०८.७९ विन्दुमा कायम भएको हो ।

यसदिन १९१ कम्पनीको १ अर्ब ४ करोड ८९ लाख ११ हजार ७९१ रुपैयाँ बराबरको कारोबार भएको छ । ३३ लाख ४४ हजार १११ कित्ता सेयर किनबेच भएका छन् ।

यसदिन कारोबारमा आएका व्यापार समूह बाहेक सबै समूहका सूचक घटेका छन् । जीवन बिमा समूह सबैभन्दा धेरै ९९.५२ अंकले घटेको छ

नेपाल फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ५.६८ प्रतिशतले घटेको छ । नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ७ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो ।

आज २ वटा कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । दिव्यश्वरी हाइड्रोपावर र साधना लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here