जब धावनमार्गबाट जहाज चिप्लिएर नदीमा पुग्यो….

फ्लोरिडा, २१ वैशाख । अमेरिकाको फ्लोरिडा राज्यमा भयानक जहाज दूर्घटना टरेको छ ।

शुक्रबार साँझ फ्लोरिडाको नवल एयर स्टेशन ज्याक्सनविलेमा अवतरणका क्रममा मियामी एयर इन्टरनेशनको बोइङ ७३७—८०० जहाज चिप्लिएर नदीमा पुगेको अन्तरराष्टिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । जहाज सेन्ट जोन्स नदीमा पुगेको थियो ।

जहाजमा चालक दलका सदस्यसहित १४३ सवार थिए । त्यसमध्ये ७ जना चालक दलका सदस्य थिए भने १३६ जना यात्रु थिए । यो चार्टर्ड जहाज हो ।

दूर्घटनामा २१ जना सामान्य घाइते भएको र उनीहरु उपचारपछि ठिक भइसकेको संचारमाध्यमहरुले बताएका छन् ।

फ्लोरिडा एयर स्टेशनका प्रवक्ताले ट्वीट गर्दै भनेका छन्, ठूलो दूर्घटनाबाट जहाज बचेको छ, जहाज नदीमा डुब्न पाएन, त्यसकारण सबैयात्रु सकुसल रहन सफल भए ।

समाचार स्रोतका अनुसार यो जहाज निर्धारित समयभन्दा ४ घण्टा डिले उडेको थियो । क्यूवाको नवल स्टेशन गुन्टानामोबाट उडेको यस जहाजमा अधिकांश सैन्य पेशामा आवद्ध यात्रु रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here