च्याम्पियन्स लिग: बार्सिलोनाको लज्जास्पद हार

काठमाडौं, ३१ साउन । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा बार्सिलोनाले लज्जास्पद हार व्यहोरेको छ ।

शुक्रबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनालाई ८-२ गोलको फराकिलो अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।

पोर्चुगलको लिस्बनस्थित स्टाडिओ डा लुजमा भएको खेलमा बायर्नलाई जित दिलाउन थोमस मुलर र फिलिप्पे काउटिन्होले दुई/दुई गोल गरे ।

त्यस्तै इभान पेरिसिक, सर्जे नाब्री, जोसुआ किमिच र रोबर्ट लेवान्डोवस्किले एक/एक गोल गरे । बार्सिलोनाका लागि लुइस सुआरेजले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।

हारसँगै बार्सिलोना युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताबाट बाहिरिएको छ । मुलरले खेलको चौथो मिनेटमा बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि डबिड अलाबाको आत्मघाती गोलसँगै बार्सिलोना खेलमा फर्किएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here