नेपालमा कोरोनाबाट थप तीन मानवीय क्षति

प्रतिनिधी तस्विर

काठमाडौं, ३१ साउन । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट तीन जना मानिसको ज्यान गएको छ । स्वास्थ्य तथा संख्या मन्त्रालयले यसको पुष्टी गरेको हो ।

मन्त्रालयका अनुसार यस अवधिमा कपिलवस्तु, पर्सा र धनुषामा तीन पुरुषको ज्यान गएको हो । कपिलवस्तुमा ४०, पर्सामा ६० र धनुषामा ५० वर्षिय पुरुषको ज्यान गएको हो । अब नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय २ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here