‘पिसिआर परीक्षणको शर्तमा सरकार पास’

काठमाडौं, ३१ साउन । पछिल्लो पछिल्लो २४ घण्टामा नेपालमा ११ हजार ४ सय ४७ जनामा पिसिआर परीक्षण भएको छ । सरकारले दैनिक १० हजार माथिको परीक्षण गर्ने बताएको थियो । खासगरी पछिल्लो समय पैसा तिरेर आफै पनि कोरोना परीक्षण गर्न सकिने प्रावधानका कारण देशभर परीक्षणको दायरा तिब्र रुपमा बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना भाइरसको परीक्षण ५ लाख माथिमा नाघेको छ । नेपालमा कुल पिसिआर परीक्षण ५ लाख ५ हजार ६६० पुगेको छ । सरकारले नेपालमा कम्तिमा २ प्रतिशत जनसंख्यामा कोरोना परीक्षण गर्ने लक्ष्य राखेको छ । तर,पछिल्लो समय बढेको जोखिम हेर्दा त्यो भन्दा निकै धेरै परीक्षण गर्नुपर्ने देखिएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ४७ परीक्षणबाट ४६८ जनामा कोरोना भाइरसको पुष्टी भएको छ । नेपालमा अब कुल संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । १०२ जनाको ज्यान गएको छ । १७ हजार २ सय १ जना निको भएर घर फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here