धोनीद्धारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं, ३१ साउन । भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

धोनीले सामाजिक सञ्जाल इन्स्टाग्राममा भावुक पोस्ट गर्दै सन्यासको घोषणा गरेका हुन् । अब धोनीले भारतीय क्रिकेट टिमबाट खेलेको देख्न पाइने छैन ।

धोनीले आईसीसी विश्वकप २०१९ को सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध खेलेपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन्। पछिल्लो समय भारतीय क्रिकेट बोर्डले पनि धोनीलाई सेन्ट्रल कन्ट्रयाक्टबाट हटाएको थियो।

विकेटकिपर ब्याट्सम्यान धोनीलाई उत्कृष्ट ‘फिनिसर’ का रूपमा चिनिन्छ। धोनीले आफ्नो कप्तानीमा भारतलाई सबै किसिमका उपाधि जिताएका छन्।

२००७ देखि २०१६ सम्म कप्तानी गरेका धोनीले भारतबाट सबै स्वरूपको क्रिकेट गरी ३३२ खेल खेलेका छन्। त्यसमध्ये उनले १७८ खेल जिताएका छन्।

धोनीकै कप्तानीमा भारतले ट्वान्टी-२० विश्वकप २००७, एसिया कप २०१०, च्याम्पियन्स ट्रफी २०१३ तथा एकदिवसीय विश्वकप २०११ को उपाधि जितेको थियो। आईसीसीका तीनवटै प्रतियोगिताको उपाधि जित्ने धोनी एक्लो कप्तान हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here