कोरोना कोषमा कृषि विकास बैंकको थप ४ करोड १० लाख सहयोग

काठमाडौं, ३२ साउन । कृषि विकास बैंकले सरकारलाई फेरि ४ करोड १० लाख १० हजार ७५ रुपैयाँ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत जम्मा भएको रकम कोरोना कोषमा जम्मा हुने गरीअर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेको हो ।

चेक हस्तान्तरण कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला, प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र कम्पनी सचिव समेत रहेका पौडेलको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा अर्थ मन्त्रालयका तर्फबाट अर्थमन्त्री डा. खतिवडा, अर्थ सचिव शिशिरकुमार ढुंगाना र राजस्व सचिव रामशरण पुडासैनीको उपस्थिति रहेको थियो ।

कृषि विकास बैंकले यस अघि पनि कोरोना नियन्त्रण रोकथाम तथा उपचार कोषमामा संघ सरकारलाई एक करोड ११ लाख रुपैयाँ हस्तान्तरण गरेको थियो भने सातै प्रदेशलाई ७/७ लाख रुपैयाँको दरले हस्तान्तरण गरेको बैंकका प्रवक्ता हिमलाल पौडेलले बताए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here