कोरोनाको जोखिम बढेसँगै काठमाडौं उपत्यकामा कडाइ

फाइलफोटो

काठमाडौं, ३२ साउन । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना कोरोना संक्रमित थपिएका हुन् ।

यो सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १ हजार ९ सय ६७ पुगेको छ। काठमाडौंमा १ हजार ५ सय ६७, ललितपुरमा २ सय ६८ र भक्तपुरमा १ सय ३२ संक्रमित पुष्टि भएका छन्।

उपत्यकाबासीले सरकारले तोकेको मापदण्ड पालना नगर्दा पछिल्ला दिनमा राजधानीमा संक्रमितको संख्या बढेको मन्त्रालयको बुझाई छ ।

उपत्यकामा उच्च जोखिम बढेसँगै थप संक्रमण फैलनबाट रोक्न अनुगमनमा कडाइ गरिएको छ।

गृह मन्त्रालय स्रोतको अनुसार उपत्यकामा तोकिएको सुरक्षा मापदण्ड पालनामा कडाइ गर्न काठमाडौंमा पाँच वटा तथा ललितपुर र भक्तपुरमा ४/ ४ वटा अनुगमन टोली परिचालन गरिएको छ ।

उपत्यका प्रवेशसँगै २ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा सवारी पास वितरण बन्द गरेको छ।

भीडभाड कम गर्न बैंक तथा वित्तीय क्षेत्रका केही कार्यालयलाई बन्द तथा केही शाखालाई आंशिक सञ्चालन गर्न निर्देशन दिइएको छ।

कोरोना संक्रमण समुदायमा फैलन नदिन आवश्यक सवै प्रयासहरु भइरहेको र परिस्थिति हेरी थप कदम चालिने पनि गृह मन्त्रालयले जनाएको छ।

हालसम्म मास्कको प्रयोग नगरी हिँड्ने ४ लाख १९ हजार ५ सय ३८ जनालाई नियन्त्रणमा लिई छाडिएको छ ।

काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ७ हजार ६ सय ३५ सवारी साधनलाई प्रवेश विन्दु मै फर्काइएको छ। बिना अनुमति उपत्यका प्रवेश गर्न खोज्ने १९ हजार ४ सय ८३ जनालाई प्रवेश नाकावाटै फिर्ता पठाइएको पनि गृह मन्त्रालयले जनाएको छ।

खुल्ला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न र सभा जुलुस गर्नका साथै जात्रा र महोत्सव गर्न रोक लगाइएको छ । संक्रमण फैलिएको एरियामा सिल पनि गर्दै आएको छ ।

फुटपाथ, खुल्ला ठाउँ र ठेला गाडा, साइकलमा संचालन हुने विभिन्न व्यवसाय, कवाडी संकलनमा पनि प्रशासनले प्रतिबन्ध लगाएको छ । उद्योग व्यवसाय संचालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक कामदारको ओसार पसार गर्न नपाइने भएको छ ।

यो पनि ।

उपत्यकामा १ सय ७२ जना कोरोना संक्रमित थपिए

उपत्यकामा ९८ जना कोरोना सक्रमित थपिए

उपत्यकाको विभिन्न गतिविधिमा १५ दिनसम्म रोक, के-के गर्न पाइदैन् ?

काठमाडौं उपत्यकामा १ सय १९ जना कोरोना संक्रमित थपिए

न्यूरोडको एक व्यापारीमा कोरोना, भदौ ७ गतेसम्म न्यूरोडका पसल बन्द

पछिल्लो २४ घण्टामा उपत्यकामा थप १ सय २७ जनामा कोरोना संक्रमण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here