दुई वर्षमै ओयो पुग्यो नेपालका १० शहर, २०० भन्दा बढी होटल समेटिए

काठमाडौं, २१ बैशाख । फ्राञ्चाइज होटल चेन ओयो होटल्स एण्ड होम्सले दुई वर्षमै नेपालका १० शहरमा सेवा विस्तार गरेको छ । २०७४ बैसाखमा काठमाडौंबाट सेवा शुरु गरेको कम्पनीले हालसम्म पोखरा र भक्तपुर, धुलिखेल, नगरकोट, चितवन, बिराटनगर, हेटौंडा, नेपालगञ्ज र धनगढीमा व्यवसाय विस्तार गरेको छ ।

नेपालको ओयो सञ्जालमा २०० भन्दा बढी होटल आवद्ध भएका छन् जसमा ३४०० भन्दा बढी कोठाहरु छन् ।
नेपालमा सेवा शुरु गरेपछि कम्पनीले यहाँको आतिथ्य उद्योगबाट धेरै सिकेको र ग्राहक तथा होटल मालिकको प्रक्रियाबाट उत्साहित बनेको ओयोका भारत तथा दक्षिण एशिया क्षेत्रका प्रमुख कार्यकारी अधिकृत आदित्य घोषले बताएका छन् ।

‘हामीले हालै भारत र दक्षिण असियाको लागि भारु १४० अर्ब लगानी गरेका छौं र नेपाल रणनीतिक बजार भएको हुनाले हामी हरेक प्रकारको अचल सम्पत्तिमा मूल्य अभिवृद्धि गरी नेपालको अतिथ्य उद्योगलाई परिवर्तन गर्न प्रयास गरिरहेका छौं,’ उनले भने ।

भारत र चिनमा राम्रो बजार स्थापना पछि नेपाल ओयो होटल्स र होम्सका लागि अर्को अवसर बनेको कम्पनीको ठहर छ ।
ओयोको सञ्जालमा आवद्ध होटलले र्आसतमा ६५ प्रतिशत अक्युपेन्सी पाइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here