कोरोना संक्रमणबाट भारतीय पूर्वक्रिकेट खेलाडी चौहानको निधन

काठमाडौं, १ भदौं । कोरोना भाइरसको संक्रमणका भारतीय पूर्वक्रिकेट खेलाडी चेतन चौहानको कारण निधन भएको छ ।

भेन्टिलेटरमा राखेर उपचार भै रहेको चौहानको आइतबार ७३ वर्षको उमेरमा निधन भएको हो । उनलाई गत जुलाईमा कोरोनाको संक्रमण देखिएको थियो । चौहान भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी हुन् ।

२२ वर्षको उमेरमा न्युजिल्यान्डविरुद्ध १९६९ मा डेब्यु गरेका चौहान भारतका लागि एक उत्कृष्ट क्रिकेट खेलाडीका रूपमा स्थापित थिए ।

उनले भारतका लागि ४० टेस्ट र ७ एकदिवसीय खेलेका थिए । सन् १९६९ देखि १९८१ सम्म उनले भारतका लागि २ हजार २३७ रन बनाएका थिए । चौहान क्रिकेट प्रशिक्षकको भूमिकासँगै व्यवस्थापकका रूपमा पनि स्थापित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here