नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, १ अर्ब ७ करोडको कारोबार

काठमाडौं, १ भदौं । साताको दोस्रोदिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार १७.३३ अंकले घटेर कारोबार बन्द भएको नेप्से सोमबार १०.७५ अंकले बढेर १४०२.२१ विन्दुमा कायम भएको हो ।

यसदिन १८४ कम्पनीको १ अर्ब ७ करोड ४९ लाख ३२ हजार ५९७ रुपैयाँ बराबरको कारोबार भएको छ । ३५ लाख ९१ हजार ४८ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये जलविद्युत् बाहेक अन्य सबै समूहको परिसूचक उकालो लागेको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १६२.१३ अंकले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here