काठमाडौं, १ भदौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा रौतहट, काठमाडौं र मोरङका एक/एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीय एक महिला रहेका छन् ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।