यी ठाउँमा बाढीको जोखिम, सतर्क रहन आग्रह

फाइलफोटो

काठमाडौं, २ भदौं । देशभरिकै मौसम बदली भई धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी परिरहेको छ ।

तर सोमबार लगातार झरी वा ठूलो पानी पर्ने संभावना कतै पनि नभएको मौसमविद्ले बताएका छन्।

दिउँसो कम परे पनि राति भने वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसमविदले जनाएका छन् ।

कुनै ठाँउमा भने भारी वर्षाका कारण केही क्षेत्रका नदी तथा खोलामा बाढी आउनसक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ।

महाशाखाका अनुसार बाँके, बर्दिया, सुर्खेत, सल्यान, दैलेख, कालिकोट, डोटी, अछाम, बाजुरा, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला भई बहने साना नदीमा बहाव बढ्ने र प्रायमा आकस्मिक बहाव बढ्नेछ।

कान्द्रा, मोहना, खुट्टिया, मछेली, सुहेली, चौधर, रंघुन, चमेलिया खोलालगायतका तटिय क्षेत्रमा उच्च सावधानी अपनाउन अनुरोध गरिएको छ।

त्यस्तै बूढीगंगा नदीजलाधार अछामको साँफेबगर र आसपास पछिल्लो ३ घण्टा अतिभारी वर्षामापन भएकोले अछाम भई बहने सानाखोलामा एक्कासी बाढी आउन सक्ने, बूढीगंगामा सतर्कता तहको बाढी हुनको साथै आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुने भएकोले दिउँसोसम्म उच्‍च सतर्कता अपनाउन अपील गरिएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

भदौं २ गते (मंगलबार)

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भदौं ३ गते (बुधबार)

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेशका तथा सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

भदौं ४ गते (विहिबार)

दिउँसो : देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here