रियलमीका स्मार्ट वाच, ब्याण्ड र बड्स नेपाल आए, विशेषता र मूल्य यस्ता छन् ?

काठमाडौं, २ भदौ । रियलमीले नेपाली बजारमा आफ्ना चार नयाँ एआईओटी उत्पादनहरु सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएका नयाँ प्रडक्टहरुमा रियलमी स्मार्टब्यान्ड, रियलमी बड्स एयर, रियलमी बड्स एयर नियो र रियलमी स्मार्ट घडी रहेका छन् ।
यी उपकरणहरु रियलमीका अफलाइन रिटेलर र दराज अनलाइन सपिङ प्लाटफर्ममा उपलब्ध हुनेछन् ।

रियलमी स्मार्टघडी
रियलमीको पहिलो स्मार्टघडीमा कोर्निंग गोरिल्ला ग्लास प्रोटेक्सन सहित ३.५ सीएम कलर टच डिस्प्ले छ । रियलमी घडीले ३८० निट्स ब्राइटनेस सहित १० लेबलको ब्राइटनेस प्रदान गर्दछ ।
यसको शानदार डिस्प्ले बाहेक, स्मार्टघडीमा सही हर्ट रेटको जानकारी र ब्लड अक्सिजन निगरानीका लागि हर्ट रेट सेन्सर पनि छ ।

प्रयोगकर्ताहरुले स्मार्ट नोटिफिकेशन विशेषता, प्रत्येक व्यक्तिको शैली अनुसार सुहाउने दर्जनौं वाच फेस, आईओटी स्मार्ट कनेक्ट र १४ विभिन्न स्पोट मोडलका साथ आईपी ६८ वाटर रेसिस्टेन्टको मज्जा लिन सक्दछन् ।
यसको मूल्य रु. ७ हजार ७ सय ९९ रहेको छ ।

रियलमी स्मार्टब्यान्ड
ब्यान्ड सुन्दर ढंगले २.४ सीएम स्क्रिनमा डिजाइन गरिएको छ जससंग ६५,००० रङ उत्पादन गर्ने क्षमता छ । भर्चुअल बटनका साथ प्रयोगकर्ताले आफ्नो सुविधाका लागि स्मार्टफोन बिना नै इन्टरफेसमार्फत स्क्रोल गर्न सक्छन्, पृष्ठहरु परिवर्तन गर्न र अन्य सामान्य अन्तरक्रियात्मक कार्य गर्न सक्छन् ।

रियलमी ब्यान्डमा २४ घण्टा हर्ट रेट सेन्सर, स्मार्ट नोटिफिकेशन, वाच फेसहरुको छनौट, क्रिकेट सहित ९ विभिन्न स्पोर्ट मोड र आईपी ६८ वाटर रेसिस्टेन्ट जस्ता विशेषताहरु छन् । यसमा डाटा ट्रान्समिसन सहित यूएसबी प्रत्यक्ष चार्जिङ छ जसमा चार्जिङ वा डाटा केबल बोकी राख्नु आवश्यक पर्दैन ।
यो रु. २ हजार ९ सय ९९ मा आउँछ ।

रियलमी बड्स एयर नियो
बड्स एयर नियो करिब १७ घण्टाको उत्कृष्ट ब्याट्री लाइफ र उत्कृष्ट ध्वनी गुणस्तर सहित आएको छ । यसमा १३ एमएम ठुलो ड्रइभर र एडभान्स एलसीपी मल्टीलेयर कम्पोजिट डाएफार्म छ जसले ब्राइट ट्रिबल र हार्नेश बिना राम्रो बास सुनिश्चित गर्दछ ।

रियलमीको एक्सक्लुसिभ कस्टम आर१ चिपले वायरलेस कनेक्टिभिजी अनुभवलाई नयाँ स्तरमा पुर्याएको छ । बड्स एयर नियो गेमिङ मोडको साथ सुसज्जित छ जसले ५१ प्रतिशत ढिलाइलाई ११९.३ एमएसमा कम गर्दछ । यी बड्सहरु पानीबाट अतिरिक्त सुरक्षाका लागि रेटेड छन् ।
यसको मूल्य रु. ५ हजार ९ सय ९९ छ ।

रियलमी बड्स एयर
एयर बड्स ती व्यक्तिहरुका लागि हो जो रियलमीको उत्कृष्ट टीडब्लुएस एयर बड्स चहान्छन्् । यो लो लेटेन्सी, उत्कृष्ट अडियो क्वालिटी, उत्तम ब्याट्री लाइफ र रियलमीको एक्सक्लुसिभ कस्टम आर१ चिप बाहेक रियलमी बड्स एयरले वायरलेस चार्जिङ सपोर्ट, वातावरण हल्ला क्यानसीलेसन र स्मार्ट इन—ईयर डिटेक्शन प्रदान गर्दछ ।

यी विशेषताहरुले टीडब्लूएस बड्सलाई बजारमा वास्तविक सम्भावयता ल्याउँदै वायरलेस म्युजिक प्रेमीहरुका लागि उत्कृष्ट विकल्पहरु मध्यको एक बनेको छ । यो ब्ल्याक, ह्वाइट र रियलमीको आइकोनिक यल्लो कलर उप्सनमा उपलब्ध छ ।
यसको मूल्य रु. ६ हजार ९ सय ९९ छ ।

सम्बन्धितः

रियलीमी सिक्स र सिक्स आई स्मार्टफोन नेपालमा, ६४ एमपी क्यामेरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here