भारतबाट भित्राउँदै गरेको अवैध ब्रोइलर कुखुरा खाल्डोमा

दोधारा, २ भदौ । प्रहरीले अबैधरुपमा भारतबाट नेपाल भित्राउँदै गरेको ब्रोइलर कुखुरा खाल्डोमा हालेको छ ।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी को गएको गस्ती टोलीले माहाकाली नगरपालिका वडा नं. १० कुतियाकवर झोलुङ्गे पुल नजिक भारतबाट नेपाल भित्राउँदै गरेको झण्डै एक कुण्टल कुखुरा नियन्त्रण पछि नष्ट गरेको हो ।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमको कमाण्डमा गएको गस्ती टोलीले कुतियाकवर झोलुङ्गे पुल नजिक क्षेत्रमा सिमावर्ती भारतिय बजारबाट नेपाल भित्र्याउदै गरेको कुखुरा बरामद गरेको हो ।

गस्ती टोलीलाई देखेपछि तस्कर कुखुरा फालेर भागेको बताईएको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमका अनुसार कुखुरा तस्करी हुँदै गरेको गोप्य सुचनाको आधारमा कुखुरा बरामद गरेको हो ।

बरामद गरिएको कुखुरालाई आजै ईलाका प्रहरी कार्यालय दोधारामा स्थानिय, जनप्रतिनिधी र पत्रकारको रोहवरमा खाल्डोमा हालेर नष्ट गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले बताए । माहाकाली नगर क्षेत्रमा चोरी तथा तस्करी बढ्दै गएको अवस्थामा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले रातीको समयमा समेत गस्ती ब्यापक बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here