प्रभु क्यापिटलको निःशुल्क डिम्याट योजना भदौ मसान्तसम्म थप

काठमाडौं, २ भदौं । प्रभु क्यापिटलको निःशुल्क डिम्याट खाता योजना भदौ मसान्तसम्म थप गरेको छ ।

‘प्रभु क्यापिटलसँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता’ भन्ने नाराका साथ प्रभु क्यापिटल लिमिटेडले सञ्चालन गरेको ३ वर्षे निःशुल्क डिम्याट खाता र मेरो सेयर योजना यही भदौ मसान्तसम्म थप गरेको हो ।

साउन महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि सो योजना सञ्चालन गरिएकोमा ग्राहकहरुको मागलाई मध्यनजर गर्दै उक्त निशुल्क योजना भदौ मसान्तसम्म थप गरेको प्रभुले जनाएको छ।

नेपाल सरकार र नेपाल धितोपत्र बोर्डबाट समेत विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न अनुरोध भए अनुसार प्रभु क्यापिटलले (क्लिक गर्नुहोस्) बाट अनलाइन खाता खोल्ने सुविधा सञ्चालन गरेको छ।

साथै यस योजनामा प्रभु क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, कमलादी तथा प्रभु बैंक लिमिटेडको नेपाल भरी रहेका २१० वटै शाखाबाट छिटो, छरितो रुपमा तथा डिम्याट र मेरो सेयरको खाता खोल्न सकिने सुविधा समेत सञ्चालन गरेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here