टेलिकमले एसईईका विद्यार्थीलाई निःशुल्क सिमकार्ड दिने

काठमाडौं, ३ भदौं । नेपाल टेलिकमले एसईईका विद्यार्थीलाई निःशुल्क सिमकार्ड दिने भएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि एसईईको नतिजा प्रकाशन भएपछि विद्यार्थीलाई लक्षित गर्दै यस्तो योजना ल्याएको छ ।

नयाँ सिम लिन विद्यार्थीहरुले एसईई प्रवेश-पत्रको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचयपत्रको फोटोकपी संलग्‍न गरी फाराम भर्नु पर्नेछ ।

नयाँ लिइएका सिमकार्ड एक्टिभ भएपछि उनीहरुलाई स्टुडेन्ट रजिस्ट्रेसन प्याक योजनाअन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी र ५ वटा एसएमएस गर्न तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने गरी मासिक ३ हजार एमबी डाटा, ३५० मिनेट टकटाइम र १५० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ ।

नयाँ सिममा ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधासमेत उपलब्ध हुनेछ ।

यो बोनसबापत पाइएको सुविधा ३ दिनभित्र प्रयोग गरिसक्नु पर्ने टेलिकमले जनाएको छ । हरेक पटक रिचार्ज गरेपश्चात् प्राप्त हुने सो सुविधा एक वर्ष अवधिसम्म उपयोग गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here