देशभरका सरकारी कार्यालयका वेवसाइट खुलेनन्, अनलाइन मार्फत गरिने काम ठप्प

काठमाडाैं, २२ बैशाख । सरकारी सर्भर डाउन भएपछि देशभरका सरकारी कार्यालयका वेबसाइट खुलेका छैनन् ।

सरकारी gov.np सिस्टमका सबै वेवसाइट खुलेका छैनन् । सरकारको एकिकृत सर्भर नखुलेपछि विभिन्न सरकारी कार्यालयमा अनलाइनमार्फत गरिने काम देशभर ठप्प भएको छ ।

यातायात व्यवस्था कार्यालय, राहदानी विभाग, मालपोत कार्यालय लगायतका विभिन्न कार्यालयका काम ठप्प भएको छ । यसले सेवाग्राहीहरु मर्कामा परेका छन् ।

धेरैले एकैपटक खोल्दा ट्राफिक बढी भएर सर्भर डाउन भएको हुनसक्ने र यसको समस्या समाधान गर्न लागिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here