बिहीबारदेखि उपत्यकामा बैंकका ८ वटा मात्रै शाखा खुल्ने

काठमाडौं, ३ भदौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा हुनेभएपनि बैंकहरुको सेवा भने सञ्चालन हुने भएको छ ।

एक साताका लागि निषेधाज्ञा जारी गरेसँगै बैंकहरूले पनि सीमित शाखाहरूबाट मात्रै सेवा उपलब्ध गराउने तयारी गरेको हुन् ।

एउटा वाणिज्य बैंकले काठमाडौं उपत्यकामा दैनिक बढीमा ८ वटा शाखाबाट मात्रै सेवा प्रदान गर्ने गरी तयारी गरेको बैकर्स संघले जनाएको छ ।

काठमाडौं उपत्कायमा जिल्लाअनुसार बैंकले एक दिनमा कति वटा शाखा खोल्ने भन्ने तय भएको संघले जनाएको छ ।

एक बैंकले काठमाडौं जिल्लामा एक दिन ५ वटा शाखा खोल्न पाउनेछन् भने भक्तपुरमा एक र ललितपुरमा २ वटा शाखा खोल्न पाउनेछन् ।

न्यूनतम कर्मचारीबाट अत्यावश्यक वित्तीय सेवा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै उपलब्ध गराउन र सकेसम्म विद्युतीय कारोबारलाई प्राथमिकता दिन संघले आग्रह गरेको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here