क्यारेबियन प्रिमियर लिग: सन्दीपको जमैकाले पहिलो खेल खेल्दै

फाइलफोटो

काठमाडौं, ३ भदौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित जमैका तल्लावाजले बिहिबार पहिलो खेल खेल्दैछ।

हिजोदेखि शुरू भएको प्रतियोगितामा नेपाली समयअनुसार राति पौने ८ बजे शुरू हुने खेलमा जमैकाले सेन्ट लुसिया जोक्सको सामना गर्नेछ।

जमैका र सेन्ट लुसियाबीच ट्रिनिडाडको ब्रेन लारा रंगशालामा हुने प्रतियोगिताको तेस्रो खेलमा जित हासिल गर्दै दुवै टोली प्रतियोगिताको सुखद् शुरूआत गर्न चाहन्छन्।

सन्दीपको टोली जमैकाले दोस्रो खेल भदौ ५ गते ट्रिबागोसँग खेल्ने छ। यस सिजन सन्दीपलाई जमैका तलावाजले ९० हजार अमेरिकी डलर ९१ करोड ८ लाख नेपाली रुपैयाँ० मा अनुबन्ध गरेको छ ।

सम्बन्धितः

सन्दिप लामिछानेको नयाँ किर्तिमान

मेलबर्न स्टार्सद्वारा सन्दिप लामिछानेसहितको टोली घोषणा

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सन्दिपको सहयोग

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here