बुक बिल्डिङ विधि मार्फत आउने आइपीओ जारी गर्न इच्छुक कम्पनीका लागि आवेदन माग

काठमाडौं, ३ साउन । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिबाट निष्काशन हुने आइपीओमा सहभागी हुन इच्छुक संस्थागत लगानीकर्ताबाट आवेदन माग गरेको छ ।

बोर्डले बुक बुक बिल्डिङ विधि मार्फत निष्काशित हुने आईपिओ खरिद गर्नको लागि योग्य संस्थागत लगानीकर्ताको सुची बनाउनु पर्ने भएकोले इच्छुक संस्थागत लगानीकर्तालाई निवेदन दिन आग्रह गरेको हो ।

सूचनामा आइपीओ खरिद प्रक्रियामा भाग लिनका लागि बुक बिल्डिङ निर्देशिका २०७७ बमोजिम योग्यता पुगेका योग्य संस्थागत लगानीकर्तालाई ३५ दिनभित्र निवेदन पेश गर्न आग्रह गरेको छ ।

यसमा सूचिकृत संगठित संस्था, विशेष ऐन द्वारा स्थापित वित्तीय संस्था, सामूहिक लगानी कोष व्यवस्थापक, सामूहिक लगानी कोषका योजना, मर्चेन्ट बैंकर, मान्यता प्राप्त अवकाश कोष, धितोपत्र ब्यापारी र धितोपत्रमा लगानी गर्ने उदेश्यले स्थापित लगानी कम्पनीले आवेदन दिन सक्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here