नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ९७ करोडको कारोबार

काठमाडौं, ३ भदौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार ५.६८ अंकले बढेर बन्द भएको नेप्से बुधबार १६.६० अंकले घटेर १३९१.२९ विन्दुमा कायम भएको हो ।

यसदिन १८५ कम्पनीको २४ लाख ७४ हजार ३ सय २९ कित्ता सेयर किनबेच भएको छ । ९७ करोड ६२ लाख ३५ हजार ५९ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका १२ वटै समूहको परिसूचक ओरालो लागेका छन् । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १३६.५९ अंकले घटेको छ ।

कोराबार रकमका आधारमा आज नागरिक लगानी कोषको सेयर शीर्ष स्थानमा रहेको छ ।

यसको ७ करोड १४ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here