कृषि विकास बैक र इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

काठमाडौं, ३ भदौ । कृषि विकास बैक र इसेवा मनी ट्रान्सफर बीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

सम्झौतासँगै अब इसेवा मनी ट्रान्सफरमार्फत विदेशबाट नेपाल पठाएको रकम कृषि विकास बैंक लि.का नेपालभर रहेका कुनै पनि शाखाहरुबाट सहज रुपमा भुक्तानी लिन सकिने छ ।

सम्झौतापत्रमा कृषि विकास बैंकका तर्फबाट उपमहाप्रवन्धक यज्ञप्रकाश न्यौपाने र इसेवा मनी ट्रान्सफरको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक अजेश कोईरालाले हस्ताक्षर गरेका छन् ।

सम्मmौता पश्चात् न्यौपानेले बैंक र इसेवाबीच पहिले देखि नै विभिन्न माध्यमबाट सहकार्य भईरहेकोमा अब रेमिट्यान्स् कारोवार मार्फत पनि सहकार्य अगाडी बढ्न लागेकोमा खुशी व्यक्त गरे ।

कोईरालाले कृषि विकास जस्तो व्यापक संजाल भएको बैंकसँग विष्रेषण कारोवारका लागि सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।

बैंकका डिजिटल बैकिड. विभागका प्रमुख बाशुु अधिकारीले स्वागत मन्तव्य राख्दै कृषि विकास बैक पनि डिजिटल माध्यमबाट ग्रामीण क्षेत्रमा आफनो पहुँच विस्तार गर्न अगाडी बढिरहेको र यसै क्रममा इसेवा मनी ट्रान्सफरसँग विष्रेषण सम्झौता भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here