क्यारेबियन प्रिमियर लिग: सन्दिप लामिछानेको उकृष्ट प्रदर्शन

काठमाडौं, ४ भदौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले उकृष्ट प्रदर्शन गरेका छन् ।

सेन्ट लुसिया जौक्स विरुद्ध मैदान उत्रिएका लामिछानेले चार ओभर बलिङ गरेका २३ रन खर्चिएर एक विकेट हात पारेका हुन् ।

सन्दिपले आफ्नो चौथों तथा अन्तिम ओभरको दोस्रो बलमा नाजिबुल्लाह ज़द्रानको विकेट लिएका हुन् ।

यस सँगै सन्दिपले आफ्नो पहिलो र तेस्रो ओभरमा समान ८-८ रन तथा दोश्रो ओभरमा उत्कृस्ट बलिङ गर्दै मात्र तीन रन खर्चिएका थिए ।

सन्दीपको टोली जमैकाले दोस्रो खेल भदौ ५ गते ट्रिबागोसँग खेल्ने छ। यस सिजन सन्दीपलाई जमैका तलावाजले ९० हजार अमेरिकी डलर (१ करोड ८ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको छ ।

क्यारेबियन प्रिमियर लिग: सन्दीपको जमैकाले पहिलो खेल खेल्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here