रिलायन्स इन्स्योरेन्स र समाज लघुवित्तको आइपीओ बिक्री खुल्यो

काठमाडौं, ४ भदौं । समाज लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्सले बिहिबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेका छन् ।

समाजले कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८६ लाख रुपैयाँबराबरको ८६ हजार कित्ता आईपीओ र रिलायन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६३ करोड रुपैयाँबराबरको ६३ लाख कित्ता आईपीओ बिक्री खुला गरेका हुन् ।

समाजले खुला गरेका मध्ये कम्पनीले एक हजार कित्ता कर्मचारीका लागि छुट्याएको छ । भने चार हजार ३०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

बाँकी रहेको ८० हजार ७०० कित्तामा भने सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओमा सर्वसाधारणले छिटोमा भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त समयमा पर्याप्त आवेदन नपरे ढिलोमा भदौ १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

रिलायन्स लाइफले खुला गरेको मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

यस्तै अर्को ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीका लागि छुट्याएको कम्पनीले बाँकी रहेको ५६ लाख ७० हजार कित्तामा भने सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

कम्पनीको आईपीओमा सर्वसाधारणले भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त समयमा पर्याप्त आवेदन नपरे ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

हालसम्म खुलेका आइपीओमा करिब ५ लाख भन्दा बढीले आवेदन दिँदै आएका छन् । त्यसका आधारमा समाजको आइपीओमा १० कित्ताका लागि १ हजार रुपैयाँ बराबरको आवेदन दिँदा उपयुक्त हुने देखिन्छ ।

समाज लघुवित्तको ८० हजार ७०० कित्ता सेयर सर्वसाधारणको भागमा रहेको छ । यसको आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित छ ।

रिलायन्स लाइफको आईपीओमा सर्वसाधारणले ५६ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । त्यसकारण पनि २० कित्ता अर्थात २ हजार रुपैयाँका दरले आइपीओमा आवेदन गरे उपयुक्त देखिन्छ ।

हालसम्म खुलेका आइपीओमा करिब ५ लाख भन्दा बढीले आवेदन दिँदै आएका कारण नै रिलायन्स लाइफमा २० कित्ताका दरले आवेदन गरेमा गोलाप्रथाबाट १० कित्ता सेयर पाउने सम्भावना रहन्छ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here