‘मेरो सेयर’मा समस्या, पटक-पटकको प्रयासमा पनि आवदेन दिन कठिन

काठमाडौं, ५ भदौं । यो साता एकै पटक तीनवटा कम्पनीको साधारण सेयर आइपीओ बिक्रीमा आएसँगै ‘मेरो सेयर’मा समस्या देखिएको छ ।

बुधबार लिवर्टी इनर्जीको आइपीओ र बिहिबारबाट समाज लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्स आइपीओ बिक्रीमा आइसँगै’मेरो सेयर’ मा आवदेनको लागि समस्या देखिएको हो ।

आवेदन नै दिन नमिल्ने गरि समस्या नआए पनि लघुवित्त र इन्स्योरेन्समा सेयर एकैपटक खुलेको कारण लोड धेरै भएपछि सर्भरमा समस्या देखिएको सिडिएसी एण्ड क्लियरिङ स्रोतले जनाएको छ ।

लकडाउनका कारण बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द भएका छन् जसले गर्दा बैक मार्फत आवेदन गर्न पाउने अवस्था छैन्।

सबै आवेदकले अनलाइन मार्फत नै आवेदन गर्नुपरेका कारणले मेरो सेयरमा लोड थपिएको छ भने धेरै लोड भएका कारण सिस्टमले काम गरेको छैन।

बिहिबार देखि प्रयास गर्दा गर्दै पनि सेयर भर्न नसकेको आवेदनकर्ता सुदिप घिमिरेको गुनासो छ । एउटा सानो आवदेनका लागि कयौ पटक प्रयास गरिसकेँ अहिलेसम्म सकेको छैन।

अर्का आवेदनकर्ता कपिल रुपाखेतीले भने-‘ राती १२ बजेसम्म बसेर आवेदन दिन खोज्दापनि नसकेर बिहान ३ बजे उठेर बल्ल भरे ।’

‘आइपिओमा आवेदन दिन खोज्दा लोडिङ देखाउने तथा बिजी देखाउने गरेको छ। जुनसुकै बेलामा पनि आवदेन दिन खोज्यो मिल्दैन, पटक-पटक प्रयास गर्छु, अहिलेसम्म भर्न सकिन आवेदनकर्ता प्रल्हाद ढुंगानले दुखेशो पोखे ।’

यसअघि पनि तामाकोसीको सेयर निष्काशन गर्दा समस्या आएपछि सिडिएससीले दुई गुणा बढी क्षमता बढाएको थियो। अबका दिनमा क्षमता बढाउन प्रयत्न गरिने सिडिएससीको दाबी छ ।

यो पनि ।

रिलायन्स इन्स्योरेन्स र समाज लघुवित्तको आइपीओ बिक्री खुल्यो

यो साता तीन कम्पनी आइपीओ, कति कित्ताका लागि आवेदन उपयुक्त ?

लिवर्टी इनर्जीको आइपीओ खुल्यो, दुईलाख कित्तासम्म भर्न पाइने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here