एक जना कोरोना पोजिटिभ पत्ता लगाउन १ लाख ४ हजार खर्च

काठमाडौं, ५ भदौं । नेपालमा हालसम्म ५ लाख ७९ अजार ८९९ जनाको पीसीआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा १३ हजार ५ सय ८९ जनाको पीसीआर परीक्षण सहित उक्त संख्या पुगेको हो ।

जसमध्ये १८ हजार २ सय १४ जना संक्रमण मुक्त भैसकेका छन् भने १३७ जनाको मृत्यु भएको छ । अन्यको उपचार जारी रहेको छ । ती मध्ये अहिले १३३ जना संक्रमित आईसीयूमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार प्रदेश एकमा १६ जना, प्रदेश २ मा ४६ जना, वागमती प्रदेशमा ५३ जना, गण्डकी प्रदेशमा ६ जना र प्रदेश नम्बर पाँचमा १३ जना संक्रमितको आईसीयूमा उपचार भइरहको छ।

यस्तै, १५ जना संक्रमितको उपचार भेन्टिलेटरमा भइरहेको छ। सरकारले हालसम्म पीसीआर परीक्षणमा ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार खर्च गरेको छ ।

प्रवक्ता डा गौतमले सरकारले पीसीआर परीक्षणका लागि गरेको खर्च र पोजिटिभ भेटिएको केसलाई हेर्दा एक जना पोजिटिभ भेटाउन सरकारले ल्याबमा मात्र १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च गरिरहेको बताए ।

एक जनाको परीक्षणका लागि सरकारले ५५ सय रुपैयाँ खर्च गर्दै आइरहेको छ। डा गौतमका अनुसार संक्रमितलाई आइसियुमा उपचार गर्नु परेमा ३० दिनमा ४ लाख ५० हजार खर्च हुने गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here