भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड

काठमाडौं, ७ भदौं । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट भारतमा एकैदिन ७० हजारभन्दा बढी मानिस संक्रमित बनेका छन् ।

पछिल्लो २४ घण्टामा ७० हजार ६८ जना संक्रमित देखिएका हुन् । भारतमा एकैदिन यतिधेरै कोरोना संक्रमित थपिएको यो पहिलोपटक भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

यो सँगै आइतबार विहानसम्म भारतमा कोरोना संक्रमितको संख्या ३० लाख ४३ हजार ४३६ पुगेको हो । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म २२ लाख ७९ हजार ९०० जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ६ हजार ६९० जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ५६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९१८ जनाको मृत्यु भएपछि भारतमा आइतबार विहानसम्म मृत्यु हुनेको संख्या ५६ हजार ८४६ पुगेको छ । भारतमा लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमण तीव्र रुपमा बढिरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here