आईपीओ निष्कासनका लागि आवेदन दिएर अनुमतिको पर्खाइमा १६ कम्पनी

काठमाडौं, ७ भदौं । धितोपत्र बजारमा लगानी गर्न चाहनेलाई नयाँ अवसर जुट्ने भएको छ।

चालू आर्थिक वर्षमा विभिन्न १६ वटा कम्पनीले ४ करोड ४४ लाख ७३ हजार ७४६ कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

बोर्डमा आवेदन दिएका अनुमतिको पर्खाइमा रहेका १६ कम्पनीमध्ये ९ वटा जलविद्युत् कम्पनी, १ मर्चेन्ट बैंक, २ बीमा कम्पनी र ४ वटा अन्य कम्पनी रहेका छन् ।

आवेदन दिनेमा बीमा कम्पनी सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स रहेका छन् ।

जलविद्युत् कम्पनीमा मध्य भोटेकोसी,सिंगटी हाइड्रोपावर,ग्रिनलाइफ हाइड्रोपावर, मैलुङ खोला जलविद्युत् कम्पनी,विन्धावासिनी हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, तेह्रथुम पावर कम्पनी, सीईडीबी हाइड्रोपावर र शिवम् पावर कम्पनी रहेको छ ।

लिबर्टी इनर्जी कम्पनीको ३७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर आईपीओ निष्कासन गरिसकेको छ ।

१५ वटा कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमै आईपीओ जारी गर्ने अनुमति माग गरे पनि रुरु जलविद्युत् परियोजनाले भने प्रिमियम मूल्यमा आईपीओ निष्कासनका लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ ।

त्यस्तै डिस मिडिया नेटवर्कले २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँबराबरको २३ लाख ८५ हजार ९२९ कित्ता साधारण सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ।

सिटिजन्स बैंकको सहायक कम्पनी सीबीआईएल क्यापिटलले पनि ३ करोडबराबरको ३ लाख कित्ता आईपीओ बिक्रीका लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ।

डिस मिडिया नेटवर्कले २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँबराबरको २३ लाख ८५ हजार ९२९ कित्ता साधारण सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ।

जसमध्ये चार वटा कम्पनी प्रारम्भिक अध्ययनको क्रममा छन् भने पाँच वटा कम्पनीको अध्ययनसँगै प्रतिबद्धताका लागि पठाएको र बाँकी सात वटा कम्पनीको अध्ययनको क्रममा रहेको बोर्डले जनाएको छ ।

चालु आर्थिक वर्षमा जीवन बीमा, निर्जीवन बीमा र लघुवित्त कम्पनीहरुको सबैभन्दा बढी आवेदन पर्ने सम्भावना रहेको बोर्डको निष्कर्ष छ ।

समाज लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्सले बिहिबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन बिक्री खुला गरिसकेका छन् ।

समाजले कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८६ लाख रुपैयाँबराबरको ८६ हजार कित्ता आईपीओ र रिलायन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६३ करोड रुपैयाँबराबरको ६३ लाख कित्ता आईपीओ बिक्री खुला गरेका हुन् ।

कम्पनीको आईपीओमा सर्वसाधारणले छिटोमा भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त समयमा पर्याप्त आवेदन नपरे ढिलोमा भदौ १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

रिलायन्स लाइफ भने उक्त समयमा पर्याप्त आवेदन नपरे ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यो पनि ।

सेयर कारोबारको भुक्तानी विद्युतीय माध्यमबाट मात्रै, चेक लेनदेन नहुने

रिलायन्स इन्स्योरेन्स र समाज लघुवित्तको आइपीओ बिक्री खुल्यो

यो साता तीन कम्पनी आइपीओ, कति कित्ताका लागि आवेदन उपयुक्त ?