डब्ल्यूएचओको नयाँ नियम-‘५ वर्ष मुनिका बालबालिकालाई मास्क लगाउन अनिवार्य छैन’

काठमाडौं, ७ भदौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ५ वर्षभन्दा माथिका सबैले मास्क अनिवार्य लगाउनु पर्ने बताएको छ ।

डब्ल्यूएचओले १२ वर्षभन्दा माथिका बालबालिका तथा किशोरकिशोरीले वयस्क व्यक्तिले जस्तै मास्क लगाउनुपर्ने जनाएको बीबीसीले जनाएको छ ।

डब्ल्यूएचओले ५ वर्षभन्दा कम उमेरका बालबालिकालाई मास्क लगाउन अनिवार्य छैन भनेको छ भने ६ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई मास्क लगाउन भनेको छ ।

यसअघि किशोर अवस्थाका व्यक्ति कोरोना भाइरसको संक्रमण कम फैलिने देखिएकामा अहिले बालबालिका र किशोर अवस्थाका व्यक्तिबाट पनि वयस्कबाट जस्तै संक्रमण फैलिने पाइएकाले उनीहरुलाई मास्क अनिवार्य गर्न डब्ल्युएचओले सुझाव दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here