महाराजगञ्ज वृत्तमा एक थुनुवा र पाँच प्रहरीमा कोरोना संक्रमण

काठमाडौं, ७ भदौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका एक थुनुवा र पाँच जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गएको साउन ३० गते मनमैजुमा एक व्यक्तिको हत्या गरेको आरोपमा समातिएका एक थुनुवामा कोरोना पुष्टि भएको महानगरीय प्रहरी स्रोतले जनाएको छ ।

संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेशनमा पठाइएको छ । संक्रमण पुष्टि भएका प्रहरी थुनुवाको सम्पर्कमा आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here