नेप्से दोहोरो अंकले बढ्यो, अनलाइनबाटै १ अर्ब १० करोडको कारोबार

काठमाडौं, ७ भदौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

बिहिबार ६.२८ अंकले बढेर बन्द भएको नेप्से परिसूचक साताको पहिलो दिन १२.७७ अंकले बढेर १४१०.३४ बिन्दुमा पुगेको छ ।

यसदिन १८४ कम्पनीको १ अर्ब १० करोड ८० लाख ५३ हजार ५९७ रुपैयाँ बराबरको कारोबार भएको छ । २४ लाख ९८ हजार ६६२ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ९ समूहको परिसूचक ओरालो उकालो लागेका छन् भने ३ समूहको परिसूचक ओरालो लागेका छन् । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २३३.२२ अंकले बढेको छ ।

निषेधाज्ञा बीच खुलाइएको बजारमा ब्रोकर कार्यालय बन्द भएपछि अनलाइनबाटै सेयर कारोबार भएको छ ।

अघिल्लो पटक लकडाउन हुँदा सेयर बजार करिब ३ महिना बन्द भएको थियो । तर, यसपटक नेप्सेले अनलाइनबाटै भए पनि कारोबार गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here