सिभिल बैंकको ‘प्रिमियम बचत खाता’ योजना, ६ प्रतिशत ब्याज पाइने

काठमाडौं, ७ भदौं । सिभिल बैंकले सर्वाधिक ब्याजदर पाइने बचत खाता योजना ‘प्रिमियम बचत खाता’ ल्याएको छ ।

बैंकले बचत खातामा वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यस बचत खाताको न्युनतम मौज्दात १० हजार रुपैयाँ रहेको छ भने खाता खोल्दा बैंकले ग्राहकका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ् सेवा पनि प्रदान गर्नेछ ।

यसको अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८.७५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गर्दै आइरहेको छ ।

विद्यमान कोरोना संक्रमणबाट सृजित कठिन अवस्थामा अन्य वित्तीय संस्थाहरुद्वारा निक्षेपमा प्रदान गरिएको न्यून ब्याजदरको तुलनामा ग्राहकको मेहनतको कमाईलाई कदर गर्दै आकर्षक ब्याज प्रदान गरिएको कारणले ग्राहकहरु लाभान्वित हुने कुरा बैैंकले जनाएको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा/योजनाहरु प्रदान गर्दै जाने पनि बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here