रिलायन्स लाइफको आईपिओमा कति पर्‍यो आवेदन ?

काठमाडौं, ७ भदौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बिक्रीमा ल्याएको आइपीओमा आइतबारसम्म ३ गुणा भन्दा धेरै सेयर खरिदको लागि आवेदन परेको छ।

विक्री प्रबन्धक सानिमा क्यापिटलले दिएको जानकारी अनुसार आइतबार ४ बजेसम्ममा ३.६० गुणा धेरै सेयर खरिदको लागि आवेदन परेको छ।

आईपिओमा आज साँझ ४ बजेसम्ममा ५ लाख ३ हजार ८ सय २ आवेदकबाट २ करोड ४ लाख १४ हजार १ सय ९० कित्ताको लागि आवेदन परेको छ । यो

कम्पनीले प्रति कित्ता सय रुपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

जस मध्ये समान ५/५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामुहिक लगानी कोष र कर्मचारीलाई छुट्याइएको छ। बाँकि रहेको ५६ लाख ७० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ६३ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । आवेदन दिनको लागि भदौ ८ गतेसम्मको समय तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here