बैंकले दैनिक ५० जना कर्मचारी परिचालन गर्न पाउने, कर्मचारीको विवरण प्रहरी र राष्ट्र बैंक पठाउनु पर्ने

काठमाडौं ७, भदौं । सोमबार देखि हरेक बाणिज्य बैंकले दैनिक बढिमा ५० जना कर्मचारीलाई कार्यालय बोलाउन पाउने भएका छन् । गत शुक्रबार र आइतबार बैंकमा ग्राहकको चाप बढेपछि थप १५ कर्मचारी परिचालन गर्न पाउने भएका हुन ।

शुक्रबारसम्म दैनिक ३० जना कर्मचारीलाई कार्यालय बोलाएका बैंकले आइतबार ३५ जनालाई बोलाएका थिए । अहिले तीन वटा कम्पनीको प्राथमिक निष्काशन (आईपीओ)का लागि आवेदन आब्ह्रान भइरहेको छ । यहीकारण बैंकमा ग्राहकको चाप उच्च छ ।

चाप कम गर्नकै लागि बैंकर्स संघले केही बढि शाखा खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकलाई आग्रह गरेको थियो । राष्ट्र बैंकले थप शाखा भन्दा पनि कर्मचारीको संख्या थपेर सेवा दिन अनुमति दिएको थियो ।

शुक्रबारसम्म काठमाडौं उपत्यकामा मुख्य कार्यालय बाहेक तीन वटा शाखा सञ्चालन गर्दै आएका बैंकहरुले आइतबार थप एउटा गरी चार वटा शाखा खोलेका थिए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here