पीएसजीलाई हराउँदै बायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि

काठमाडौं, ८ भदौं । जर्मन च्याम्पियन बायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

पोर्चुगलको लिस्बनमा आइतबार राति भएको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० गोल अन्तरले हराउँदै बायर्न च्याम्पियन बनेको हो।

पहिलो हाफको खेल गोलरहित बराबरीमा टुंग्गिए पनि दोस्रो हाफको ५९औं मिनेटमा बायर्नका किङ्गस्ले कोमानले खेलको निर्णायक गोल गरेका थिए। बायर्नको छैठौं पटक च्याम्पियन्स लिगको उपाधि हो ।

२०१३ पछि पहिलोपटक जित्न सफल भएको हो। लेवनडोवस्कीले पछिल्लो पटक च्याम्पियन्स लिगको फाइनल खेलेको पनि त्यतिबेला नै हो। तर, त्यतिबेला उनी बोरुसिया डर्टमन्डमा थिए। डर्टमन्डबाट बायर्नमा अनुबन्ध भएपछि लेवनडोवस्की चार पटक सेमिफाइनलबाट बाहिरिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here