डिशहोमको ‘द स्ट्रिङ्‌स’को दोस्रो चरण सुरु, उत्कृष्ट १० प्रतिस्पर्धी छनोट

काठमाडौं, ८ भदौं । डिशहोमले सुरु गरेको डिजिटल रेट्रो इङ्‍लिस सांगीतिक प्रतियोगिता ‘द स्ट्रिङ्‍स’ को दोस्रो राउन्ड सुरु भएको छ ।

पहिलो राउण्डमा उत्साहजनक रुपमा थुप्रै प्रतियोगीहरुले सहभागिता जनाएका थिए।

पहिलो राउन्‍डमा सहभागी प्रतियोगीहरूबाट उत्कृष्ट १० प्रतिस्पर्धी भदौ ६ गते छनोट भएका छन् । सहभागीहरूले अपलोड गरेको भिडियोमा आएको अनलाइन भोटिङ र उत्कृष्ट प्रस्तुतिका आधारमा निर्णायकहरू पेम्बा लेप्चा, निर्वाणा चौधरी र युलिया कोइरालाले उत्कृष्ट १० जना छनोट गरेका हुन् ।

छनोटमा पर्न सफल प्रतिस्पर्धीहरू दर्पण निरौला, शिभाना श्रेष्ठ, युरिका श्रेष्ठ, तुसिता मास्के, स्वर्णिम श्रेष्ठ, म्रिनल मानन्धर, सदीक्षा पोख्रेल, रिया श्रेष्ठ, सम्राट पोख्रेल र योगेन राई हुन् ।

यस चरणबाट उत्कृष्ट पाँच प्रतिस्पर्धीहरूले मात्रै तेस्रो चरण्मा प्रवेश गर्न पाउनेछन् । तीन राउन्डमा सञ्‍चालन हुने यो सांगीतिक प्रतियोगितामा ७० देखि ९० दशकसम्मको सफ्ट अंग्रेजी गीतहरू थुप्रै सहभागीहरूले गाएर डिशहोमको आधिकारिक फेसबुक पेजमा अपलोड गरेका थिए ।

तेस्रो चरणमा प्रवेश गर्नका लागि र टप ५ भित्र समावेश हुनका लागि प्रतिस्पर्धीहरुले अझ उत्कृष्ट र दमदार प्रस्तुति देखाउनुपर्ने हुन्छ।

विभिन्‍न समयमा डिशहोमले सञ्‍चालन गर्ने यस्ता प्रतियोगितामार्फत ग्राहकहरूले मनोरञ्जनका साथै आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने माध्यम पनि पाउने डिसहोमले अपेक्षा गरेको छ ।

डिस होमबारे थपः

डिशहोमले २३ लाख ८५ हजार कित्ता आइपीओ निष्काशन गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here