रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्तको आईपीओ भर्ने अन्तिम दिन

काठमाडौं, ८ भदौं । रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्तको आईपीओ भर्ने सोमबार अन्तिम दिन हो ।

समाज लघुवित्त वित्तीले बिक्रीमा ल्याएको ८६ हजार कित्ता र रिलायन्स लाइफ ५६ लाख ७० हजार कित्ता आईपीओमा सोमबारसम्म मात्र आवेदन दिन पाइने छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ४ गते बिहीबारदेखि आईपीओ निष्कासन गरेका हुन । समाज लघुवित्तमा आइतबारसम्ममा १२७.७३ गुणा बढी आवेदन परेको छ ।

यसैगरी रिलायन्स लाइफले निष्काशन गरिरहेको आईपीओमा आइतबारसम्म २ अर्ब ७ करोड २६ लाख ५२ हजार रुपैयाँ बराबरको २ करोड ७ लाख २६ हजार ५२० कित्ताका लागि आवेदन परेको छ ।

इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको ६३ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ।

बाँकी ५६ लाख ७० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताहरुले आज बेलुकी ५ बजेसम्ममा न्यूनतम १० कित्तादेखि अधिकतममा ६३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here