प्राइम बैंकका झण्डै दुई दर्जन कर्मचारीमा कोरोना संक्रमण, केन्द्रिय कार्यालय बन्द

काठमाडौं ८, भदौं । प्राइम कमर्सियल बैंकका करिब दुई दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । एउटै कार्यालयमा कार्यरत कर्मचारी यति धेरै संख्यामा संक्रमित भएको यो पहिलो हो ।

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अघिल्लो आइतबार देखि बैंकको मुख्य कार्यालय बन्द छ । बैंकको कर्पोरेट कार्यालयमा कार्यरत कर्मचारीमध्ये एक-दुई जना बाहेक सबै कर्मचारीमा कोरोना संक्रमण रहेको पुष्टी भएको छ ।

बैंकको स्रोतका अनुसार सो बैंकमा २४ जना कर्मचारीको रिपोर्ट पोजेटिभ आइसकेको छ । तर, आइतबारसम्म आएको रिपोर्टमा १८ जना कर्मचारी संक्रमित देखिएको स्वाप परिक्षण गर्ने सरकारी स्रोतले बताएको छ ।

बैंकको मुख्य कार्यालयमा ‘डिसइन्फेक्टेड’ गरिएपनि कहिले खुल्ने भन्ने टुङ्गो लागिसकेको छैन । संक्रमण देखिएका र उनीहरूको सम्पर्कमा आएका कर्मचारी अहिले ह्रयाम्स र सोल्टी होटलमा आइसोलेसनमा छन् ।

सनराइज बैंकको गोंगबु शाखाका ६ जना कर्मचारीको स्वास्थ्य रिपोर्टमा कोभिड–१९ पोजिटिभ देखिएको छ । सो शाखामा १० जना कर्मचारी कार्यरत थिए । तीमध्ये ६ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

नेपाल इन्भेस्टमेन्ट बैंकको थापाथली शाखाका ६ जना कर्मचारी पनि कोरोनाबाट संक्रमित भएका छन् । मुख्य कार्यालयका दुई कर्मचारीमा कोरोना देखिएपछि एभरेष्ट बैंकले पनि दुई दिन मुख्य कार्यालय बन्द गरेको थियो ।

कोरोनाको जोखिमबाट अरु बैंक पनि अछुत छैनन । हालसम्म २/४ वटा बाहेक सबै बैंकका कर्मचारीमा कोरोना देखिएको बैंकर्स संघले जनाएको छ ।

जसमा राष्ट्र बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकसहित ग्लोबल आईएमई, एनएमबी, एभरेष्ट, सानिमा, एनआईसी एसिया, सिभिल, नेपाल एसबीआईलगायत झन्डै दुई दर्जन वाणिज्य बैंकका कर्मचारी संक्रमित भइसकेको बताइएको छ ।

यो पनि ।

बैंकले दैनिक ५० जना कर्मचारी परिचालन गर्न पाउने, कर्मचारीको विवरण प्रहरी र राष्ट्र बैंक पठाउनु पर्ने

बाणिज्य बैंकका हरेक शाखाले विदेशी विनिमय कारोबारका लागि लाइसेन्स लिनु नपर्ने

प्राइम बैंकको निष्क्रिय कर्जामा सुधार, खुद नाफा ३१.१९ ले बढ्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here