भारतमा ५ तले भवन ढल्यो

काठमाडौं, ९ भदौं । भारत महाराष्ट्रमा पाँच तले भवन भत्किँदा झण्डै ९० जना पुरिएका छन् ।

स्थानीय प्रहरीका अनुसार सोमबार साँझ ७ बजे दक्षिण मुम्बईबाट १८० किलोमिटर टाढा रायगढ जिल्लाको महाडस्थित भवन ढलेको हो।

बीबीसी हिन्दीका अनुसार अहिलेसम्म एक जनाको शव भेटिएको छ। ८ जनाको उद्धार गरिएको छ भने ७ घाइतेलाई अस्पताल भर्ना गरिएको छ। महाड शहर दक्षिण मुम्बईबाट १ सय ८० किलोमिटरको दूरीमा पर्छ । अहिले पुरिएकाहरुको उद्धारको काम चलिरहेको छ ।

हापुस तालनजिकै रहेको उक्त भवन दशक पुरानो हो। भवनमा ४५ देखि ४७ वटासम्म फ्ल्याट थिए। भवन ढल्न लागेपछि केही मानिस बाहिर आउन सफल भए पनि धेरै मानिस भित्रै थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here