बैंक तथा वित्तीय संस्थाको निक्षेप १८.७ प्रतिशतले बढ्यो

काठमाडौं, ९ भदौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप १८.७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार वित्तीय संस्थाहरू बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको निक्षेप १८.७ले बढेको हो ।

अघिल्लो वर्ष यस्तो निक्षेप १८ प्रतिशतले बढेको थियो । २०७७ असारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः १० प्रतिशत, ३१.९ प्रतिशत र ४८.६ प्रतिशत रहेको छ ।

अघिल्लो वर्ष यस्तो अंश क्रमशः ९.७ प्रतिशत, ३२.८ प्रतिशत र ४६.३ प्रतिशत रहेको थियो । २०७७ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.३ प्रतिशत रहेको छ । २०७६ असार मसान्तमा यस्तो निक्षेपको अंश ४५.३ प्रतिशत रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here