सुनको मूल्य निरन्तर घट्ने क्रम जारी

काठमाडौं, ९ भदौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लाग्ने क्रम जारी छ । आइतबारदेखि घट्न थालेको सुनको भाउ मंगलबार पनि ७ सय रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावल सुन तोलाको ९७ हजार २ सय कायम गरेको छ । सोमबार तोलाको ९७ हजार ९ सय कायम गरिएको थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि तोलाको ९६ हजार ७ सय कायम भएको छ । सोमबार तोलाको ९७ हजार ४ सय निर्धारण गरिएको थियो ।चाँदीको भाउ भने आज घटबढ भएको छैन ।

चाँदी आज पनि तोलाको एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here